सरकार खोक्रो आश्वासन र उखान टुक्का मात्रै बाढ्दैछ : नेता केसी
हेटौँडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ओली सरकार जनताले देखिने काम गर्न छाडेर खोक्रो आश्वासन र उखान टुक्का मात्रै बाढिरहेको अरोप लगाए । राष्ट्रिय जागरण अभियानमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता केसीले सरकार लोकतन्त्रको ज्याकेट भिरेर निरंकुशता लाद्न लागिपरेको आरोप लगाएका छन् । कांग्रेस २ नम्बर क्षेत्रीय समिति र थाहा नगरको संयुक्त आयोजनामा मकवानपुरको पालुङमा भएको अभियानमा बोल्दै बर्तमान कम्युनिष्टहरु सरकारमा आएसँगै चरम भ्रष्टाचार, सरकारी जग्गा काण्डमा मुछिनुका साथै निरंकुशता लाद्नमा केन्द्रित रहेको आरोप लगाए । ओली सरकार गठन भएसंगै देशको संविधान र कानून मिच्दै अघि बढेको बताउँदै नेता के.सी.ले यसैगरी एकपछि अर्को...















