हेटौंडा र राक्सिराङ जोड्ने चुर्लिङखोलामा झाेलुङ्गे पुल निर्माण

हेटौंडा र राक्सिराड्डको सीमामा पर्ने चुर्लिङ खोलामा झोलुड्डे पुल निर्माण भएको छ । लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका हेटौंडा १९ शिराञ्चोक बेसीटोलका बासिन्दा पुल निर्माणसागै हर्षित भएका छन् । वर्षाको समयमा चुर्लिङ खोला तरेर वारपार गर्नुपर्ने बाध्यतासागै जोखिमबाट पुल निमार्ण भएपछि मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाले संघीय शसर्त अनुदान मार्फत झोलुड्डे पुल निर्माण गरिदिएको हो । तीन बर्ष अघि पुल निर्माणको लागि आएको बजेट कार्यान्वयन हुन नसक्दा अध्ययनका लागि जानुपर्ने बालबालिका खोलाको जोखिम मोल्दै बिद्यालय सम्म पुग्ने गरेका थिए । हेटौंडा–१९ र राक्सिराड्ड–१ जोड्ने चुर्लिङखोला तरेर राक्सिराड्ड गाउापालिका–१ दुड्डोभञ्ज्याङमा रहेको कालिका आधारभुत बिद्यालयसम्म...