हेटौंडा सिमेन्ट निजीकरकाे विरुद्धमा माओवादीकाे बिराेध
हेटाैँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरले हेटाैँडा सिमेन्ट उद्याेग लिमिटेड निजिकरण निजीकरण नगर्न सरकारकाे ध्यानाकर्षण गराएकाे छ । आज बिहीबार नेकपा (माओवादी केन्द्र) मकवानपुरले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । नेपाल सरकारले २०८२ बैशाख १५ गते मकवानपुर जिल्लामा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलगायत केही सरकारी उद्योगहरु निजीकरण गर्ने निर्णयकाे विराेधमा सरकारी उद्योगहरु निजीकरण नगर्न र बन्द अवस्थामा रहेका हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरु पुनः सञ्चालनको मागसहित नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । माओवादी नेता तथा कार्यक्ताहरुकाे जुलुशले हेटौंडा २ स्थित मानस चोकबाट सरकार विरुद्ध नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर जिल्ला ...


















