सफलताको स्वाद चाख्न डरलाई जित्नैपर्छ

काभ्रे ।  “जीवनमा केही राम्रो गर्नु छ भने, पहिलो पाइलामा नै डरलाई जित्नुपर्छ” उनी भन्छन् । यो कुरा उनले आफ्नो जीवनकालको पहिलो व्यवसाय सुरु गर्दा महसुस गरेका थिए । जुन दिन उनले आफ्नो पहिलो व्यावसायिक कामको यात्रा शुरु गरे, त्यो दिन सम्झँदा अझै पनि उनको अनुहारमा चमक आउँछ । न कुनै बैंक वित्तीय संस्थाको सहयोग थियो, न कामको अनुभव, थियो त केवल आत्मविश्वास र दृढ संकल्प । बुबा दिल बहादुर दमाई र आमा पद्म कुमारी दमाईको कोखबाट वि.सं. २०३१ साल चैत्र ११ गते नमोबुद्धको पात्लेगाउँ भन्ने एउटा सानो गाउँमा जन्मेका उनी हुन् डोर बहादुर दमाई ।...