मोरक्कोलाई हराउँदै फ्रान्स बिश्वकप फुटबलको फाईनलमा प्रवेश

काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । साविक विजेता फ्रान्सले आइतबार हुने फाइनल खेलमा अर्जेन्टिनासँग भिड्नेछ । मोरक्कोले भने तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २(० को जित दिलाए...