प्रशिक्षकको जिम्मेवारी छाेडेकाे अल्मुताइरीकाे घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन्। जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको उनले उल्लेख गरेका छन्। उनी गत कात्तिकमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। पछिल्लो समय थाइल्यान्डमा मैत्रीपूर्ण खेलेर नेपाल फर्किएपछि उनले राष्ट्रिय टिममा रहेका १० जना मुख्य खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाएका थिए। उनले खेलाडी हटाएपछि आलोचना पनि भएको थियो। पटक पटक विवादमा पर्दै आएका प्रशिक्षक अल्मुताइरीले एन्फासँग एक वर्षअघि तीन वर्षको सम्झौता भने गरेका थिए।...