बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफको विजय सुरुवात

हेटौडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३-१ गोलले हराउँदै बीच एपीएफले विजय सुरुवात गरेको हो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे । बिएफसीका अमन लामाको प्रहार मात्रै गोल भए । बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेश खेलाडी बफरको प्रहार बाहिरिएका थिए । एपीएफका गोलरक्षक श्रेष्ठ म्यान...