मकवानपुरकाे कैलाश ज्यान्द्रुङमा वर्थिङ सेन्टर
कैलाश । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर तथा ओटिसी सेन्टर उद्घाटन गरिएको छ । होम डेलिभरीको अन्त्य गर्न वडावडामा स्वास्थ्य चौकी सहित वर्थिङ सेन्टर सञ्चालन गर्ने हेतुले ज्यान्द्रुङमा वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो । शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि र होम डेलिभरीको अन्त्यका लागि वर्थिङ्ग सेन्टर सञ्चालन गरिएको बताए । आगामी वर्ष देखी कैलाशका सबै वडावडामा वर्थिङ्ग सेन्टर रहने उनले बताए । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरुकै हेरचाह र उपचार गर्दा विभिन्न...