बाल अस्पताललाई सदभाव युवा समाजको ३ लाख ७५ हजार सहयोग

काठमाण्डौं । सद्भाव युवा समाजले काठमाडौमा बन्दै गरेको एक बाल अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको छ । मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले नेतृत्व गरेको काठमाडौं ईन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा संचालित बाल अस्पताललाई सद्भाव युवा समाज नेपाल र कतारले संयुक्तरुपमा ३ लाख ७५ हजार एकसय रुपैयाँ सहयोग गरेको हो । आज एक कार्यक्रमबीच समाजका नेपाल अध्यक्ष प्रदीप रुपाखेतीसहितको टोलीले डाक्टर कोइरालालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । धर्म भनेको आस्था हो, भावना हो तथा कर्म भनेको काम हो, सेवा हो, असल व्यवहार हो त्यसैले असल कर्म गर्नु नै धर्म हो भन्ने भनाईलाई अनुशरण गर्दै सहयोग गरिएको...