बाबुराम भट्टराई भन्छन् : सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको ?
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने खबर सार्वजनिक भएसँगै पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।
विहीबार राति एक ट्वीट सन्देशमार्फत् उतले भनेका छन्, ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला । अनि सरकारले किन चीनबाट स्वास्थ्यसामाग्री किन्न सेनालाई अघि सारेको होला ?’
केही सञ्चारमाध्यमले विहीबार सरकारले अत्यावश्कयक मेडिकल सामग्री खरिदको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको खबर सार्वजनिक गरेसँगै उनले यस्तो प्रश्न गरेका हुन् । सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने र सेनाले खरिदकाे समन्वय गरेकाेमा अख्तियारकाे अधिकार क्षेत्र भित्र नपर्ने खबर सार्वजनिक भएको थियो ।
‘के वाणिज्य, आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको ?,’ भट्टराईको प्रश्न छ, ‘के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’












