आइतबार नेपालमा २९३ जना कोरोना संक्रमित थपिए

निरन्तर न्यूज
२१ असार २०७७, आईतवार १६:३५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*