भारतकाे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंहलाई कोरोना संक्रमण
काठमाडौं । भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ ।
पहिला लक्षण देखिएकोले टेस्ट गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको मुख्यम्त्री चाैहान बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै जोगिँदा जोगिँदै पनि कोरोनालागेको बताएका छन् ।
उनले आफुसँग सम्पर्कमा आएकाहरुले काेभिडकाे परीक्षण गरेर क्वारेन्टाइनमा जान अनुराेध गरेका छन् ।
त्यसैले उनले प्रदेशबासी सबैलाई कोरोनाबाट जोगिएर बस्न अनुरोध गरेका छन् । उनले डाक्टरले जे जे भन्छन् त्यहि गर्दै जाने पनि बताएका छन् ।
मेरे प्रिय प्रदेशवासियों, मुझे #COVID19 के लक्षण आ रहे थे, टेस्ट के बाद मेरी रिपोर्ट पॉज़िटिव आई है। मेरी सभी साथियों से अपील है कि जो भी मेरे संपर्क में आए हैं, वह अपना कोरोना टेस्ट करवा लें। मेरे निकट संपर्क वाले लोग क्वारन्टीन में चले जाएँ।
— Shivraj Singh Chouhan (@ChouhanShivraj) July 25, 2020









