युक्रेनमा लोकप्रिय गायकलाई पत्नीले हत्या गरिन् वीभत्स हत्या

निरन्तर न्यूज
१८ श्रावण २०७७, आईतवार १५:५७

काठमाडौं । युक्रेनका एक लोकप्रिय गायक एन्डी कार्टराइटलाई उनकी पत्नीले हत्या गरेर शरीर टुक्रा टुक्रा पारेको र घरको फ्रिजमा राखेको आरोप लागेको छ ।

आरोपित पत्नी मरिना कुखाललाई शनिवार अदालतमा पेश गरिएको छ ।

कार्टराइटको क्षतविक्षत शरीर रुसमा रहेको उनको फ्ल्याटमा फेला परेको थियो । पत्नी कुखालले उनी अत्यधिक लागूपदार्थ सेवनका कारण मरेको बताएकी थिइन् ।

उनी यति तुच्छ कारणले मरेको भन्ने कुरा प्रशंसकहरूले थाहा नपाऊन् भनी आफूले चार दिन लगाएर शरीर टुक्रा टुक्रा पारेको कुखालले प्रहरीलाई बताइन् । त्यसपछि उनले शरीरका अंगहरू कालो प्लास्टिकको झोलामा र फ्रिजमा राखेकी थिइन् ।

शरीरका अंगलाई आराले चिरिएको थियो र तिनमा नून छर्किइएको थियो ।

कार्टराइटका आक्रोशित प्रशंसकहरूबाट जोगाउनका लागि कुखाललाई हिरासतमा लिइएको प्रहरीको भनाइ छ । अदालतमा उनी हूड लगाएर अनि फेस मास्क लगाएर उपस्थित भएकी थिइन् ।

रुसी प्रहरीले पक्राउ गरेपछि उनले आफ्नो वकिललाई भनेकी थिइन्, ‘मैले के गरें, लौन ?’

कुखालले चक्कु, ह्याम्मर, ह्याकस, प्लास्टिकको कचौरा र चपिङ बोर्ड उपयोग गरेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*