ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध

निरन्तर न्यूज
२३ श्रावण २०७७, शुक्रबार १३:१७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन् ।
ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘अमेरिकाले राष्ट्रिय सुरक्षाका लागि टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ,’ आदेशमा भनिएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*