पत्नीसँग आजित भएर पतिले गरे आत्महत्या
काठमाडौँ । भारतको गुजरातस्थित मणिनगरमा एक पतिले आफ्नी पत्नीसँग शारीरिक सम्भोग गर्न नपाएपछि आत्महत्या गरेको खबर द टाइम्स अफ इन्डियाले दिएको छ । आत्महत्याका लागि भड्काएको आरोपमा पत्नीलाई पक्राउ गरिएको छ ।
सुन्दर सिंह परमार नामक व्यक्तिले आत्महत्या गरेका हुन् । उनकी आमा मुलीले उजुरी दर्ता गरेपछि गीता परमारलाई प्रहरीले पक्राउ गरेको हो ।
गीताले सुन्दरसँग विवाह गरेको २२ महिनासम्म सम्भोग नगरेको मुलीको दाबी छ ।
यौनको अभावमा छोरालाई मानसिक तनाव भएको र वैवाहिक सम्बन्ध पनि बिग्रेको मुली बताउँछिन् ।
उनीहरू छुट्टाछुट्टै खाटमा सुत्ने गरेको मुलीले पत्ता लगाएकी थिइन् ।
गीताले पतिसँग सम्भोग नगर्ने भनी प्रतिज्ञा गरेको मुलीको दाबी छ ।
त्यसपछि सुन्दरसिंह लगातार तनावमा परेको मुली बताउँछिन् ।
उनीहरूको वैवाहिक जीवन अस्तव्यस्त भयो । उनीहरूले झगडा गरिरहन थालेपछि गीता माइत गएर बसिन् ।
जुलाई २७ मा सुन्दरसिंहले घरैमा आत्महत्या गरेका हुन् ।
सन् २०१८ मा सुन्दरले गीतालाई विवाह गरेका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
एजेन्सी









