छिमेकी मुलुक भारतमा एकै दिन ६५ हजारमा काेराेना देखियाे, विश्वभर २ करोड १३ लाख नाघे

निरन्तर न्यूज
३१ श्रावण २०७७, शनिबार ०८:३८

काठमाण्डाैँ। कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ६५ हजार ६ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अघिल्लो २४ घण्टाको भन्दा धेरै हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २५ लाख २५ हजार २ सय २२ पुगेको वल्र्डोमिटरले जनाएको छ ।

यस्तै भारतमा वितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ सय ९० जनाको मृत्यु भएको छ । भारतमा कुल मृतकको संख्या ४९ हजार १ सय ३४ पुगेको छ ।

भारत अहिले कोरोना महामारीबाट सबैभन्दा धेरै संक्रमित हुने मुलुकको तेश्रो स्थानमा छ भने मृत्यु हुनेको चौथो स्थानमा छ ।

कोरोनाको महामारीले यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९१  हजार १०२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १३ लाख ४५ हजार ७५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ६३ हजार १३४ पुगेको छ ।

१ करोड ४१ लाख ३९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् । अहिले ६४ लाख ४३ हजार १५२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ५३५ जनाको अवस्था गम्भीर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*