भारतमा एकैदिन थपिए ९५ हजारभन्दा बढी संक्रमित
निरन्तर न्यूज
२५ भाद्र २०७७, बिहीबार ११:३६
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६३ हजार १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ९५ हजार ५ सय २९ नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म एकदिन भेटिएका संक्रमितका यो सबैभन्दा धेरै संख्या हो । यसअघि ६ सेप्टेम्बरमा ९१ हजार ७ सय २३ नयाँ संक्रमित भेटिएका थिए ।
दिल्लीमा बुधबार ४ हजार ३९ नयाँ संक्रमितको पहिचान भएको हो । यससँगै यहाँ संक्रमितको संख्या दुई लाख पार भएको छ ।









