रिया र उनका भाई शोविक जेलमै रहने पक्का, अदालतद्वारा सबै याचिका खारेज !

निरन्तर न्यूज
२६ भाद्र २०७७, शुक्रबार १४:४८

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

यसैबीच सुशान्त आत्महत्या केसमा उनकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई ड्रग्स कनेक्शनमा समावेश रहेको पाइएपछि जेलमा राखिएको छ ।

उनलाई १४ दिनको जेल सजाय सुनाईएको हो । रियासहित रियाका भाई शोविक, सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डासहित ६ जनाको याचिका अदालतले खारेज गरेको हो ।

रिया, शोविक, दीपेश सावन्त, स्यामूल मिराण्डा, जैद र बासित परिहार रहेका छन् । यो सानो गल्ती नभएको भन्दै उनीहरुको याचिका खारेज गरिएको हो ।

अब उनीहरु सबै २२ सेप्टेम्बर सम्म जेलमै रहने पक्का भएको छ ।श्रोत लोकपथ डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*