आफ्नी प्रेमिका भेट्न गएका युवकलाई कुटपिट गरी हत्या गरेपछि…

निरन्तर न्यूज
६ आश्विन २०७७, मंगलवार १५:०५

एजेन्सी । भारतको वृन्दावन कोतवाली क्षेत्रमा सोमबार राती आफ्नी प्रेमिकालाई भेट्न गएका एक युवकलाई युवतीको परिवारले कुटपिट गरी हत्या गरेको छ । उक्त घटनामा परी युवकको साथी पनि गम्भीर घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । युवकका साथीको अस्पतालमा उपचार भइराखेको बताइएको छ ।

घटना पछि दुई गाउँ बीच तनाव छ। अवस्थालाई ध्यानमा राख्दै गाउँमा प्रहरी फोर्स खटाइएको बताइएको छ। घटनाको सूचना पाएसँगै एसएसपी गौरव ग्रोभर घटनास्थल पुगेका थिए र कडा कारबाहीको लागि निर्देशन दिएका थिए।

रिपोर्टका अनुसार मृतक साहिब सिंह पराखम गाउँका बासिन्दा थिए जो नजिकैको गाउँ भर्तियामा उनको प्रेमिकाको घरमा पुगेको थिए। प्रेमिकाका परिवारका सदस्यहरूले उनलाई नियन्त्रणमा लिएर निर्मम कुटपिट गरेको बताइएको छ । उक्त घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*