रातोमाटेमा ट्रक र ट्याक्टर ठोक्किदा एक जनाको मृत्यु

निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार १३:२५

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा ट्याक्टर र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा जिल्ला परवानीपुर गाउँपालिका–१ का २१ वर्षीय लालबाबु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जनाएको छ ।

वीरगन्जबाट चामल बोकेर हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक रानाले बताउनुभएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक यादवको उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याउँदा ११ बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ का १७ वर्षीय दिपेन्द्र कुमार मण्डल, ट्रक चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–५ का गंगाराम महतो र सहचालक सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–८ का अभि साह घाइते भई हेटौंडा अस्पतालमा उपचाररत छन् ।दुर्घटना पश्च्यात ट्रक पल्टिएको ट्रक र चालक पशुपतिनगर प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता रानाले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*