शुक्रबार बिहानै मकवानपुरका ५९ जनामा काेराेना (विवरणसहित)

हेटौंडा । आज शुक्रबार बिहानै मकवानपुरमा ५९ जना काेराेना संक्रमित थपिएका छन् ।
आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार हेटाैँडा उपमहानगरपालिका क्षेत्रभित्रका ४८ जना र मकवानपुरका विभिन्न स्थानीय तहका ११ जना गरि कुल ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ४८ जना, थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ५ र बकैया गाउँपालिकामा १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ३६ र महिला २३ जना रहेका छन् ।