चौबीस घण्टामा थपिए ४ सय ५७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ३४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै २ हजार ३१० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १ हजार ७७६ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ४८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ६४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ६ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ९८ हजार ९०० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।