देशभर ६६० जनामा कोरोना, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४२ पीसीआर गर्दा ३२६ र २ हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ४४४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सोही समयमा १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।