न्यायाधीश खुशीराम थारुमाथि कालोमोसो प्रहार, तीनजना पक्राउ

निरन्तर न्यूज
३० जेष्ठ २०८२, बिहीबार २२:०१

वीरगञ्ज । वीरगञ्जस्थित उच्च अदालतका न्यायाधीश डा. खुसीराम थारुलाई आज इजलासमै मोसो प्रहार भएको छ।

यो घटना नेकपा बहुमतका कार्यकर्ताहरूले गराएको बताइएको छ।

मोसो प्रहारलगत्तै प्रहरीले दुई जनालाई घटनास्थलबाट पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार, न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो। यसै फैसलाको विरोधमा मोसो प्रहार गरिएको हुनसक्ने आशंका गरिएको छ।

इजलासभित्रै नारा लगाउँदै जनताको विरुद्धमा फौसला गर्न पाउँदैन भन्दै न्यायाधीश थारुमाथि मोसो हानिएको थियो । सार्वजनिक भएको भिडियोमा नेकपा बहुमत जिन्दावाद । नेपाली जनताको घरबाट तलब खाने न्यायधीशले नेपाली जनताको विरुद्धमा फैसला गर्न पाईदैन भन्ने नारा लगाएका छन । मोसो प्रहार गरेलगत्तै प्रहरीले थप एक जना गरि तीनजनालाई पक्राउ गरेको छ । सबै सामग्रीहरु रेसखबरबाट साभार गरिएकाे ।

भिडियाे यस्ताे छ 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु