अनेरास्ववियूको अध्यक्षमा कडरिया निर्वाचित, ७ मतले हारे पौडेल

काठमाडौँ। अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए ।
अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन्।
सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भएका छन् भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।