नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको देशभरीबाट शपथ

निरन्तर न्यूज
१ माघ २०८२, बुधबार ०८:४४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जेष्ठ सदस्य नन्दकुमार प्रसाइँमार्फत नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।

केन्द्रीय समितिका सदस्यहरुले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

जस अन्तर्गत पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत गरिएको छ ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् ।

त्यस लगत्तै केन्द्रीय सदस्यहरूले पनि शपथ गरेका छन् । २४९९ केन्द्रीय सदस्यले केहीबेरअघि सपथ लिएका हुन् । नेपाली कम्युनिष्ट पार्टीले देशैभरका कार्यालयमार्फत भर्चुअल शपट लिएको जनाएको छ ।

गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १९ वटा पार्टी तथा वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

काठमाडौंमा उपलब्धहरू केन्द्रीय कार्यालयमा उपस्थित भएका छन् भने जिल्लामा रहेकाहरूले भर्चुअल माध्यमबाट जिल्ला कार्यालय तथा पालिकास्तरमा शपथ लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*