विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ निर्वाचित

निरन्तर न्यूज
२८ भाद्र २०७६, शनिबार १५:५३

काठमाण्डाैँ । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन्।

सेप्टेम्बर ११ देखि १५ सम्म अजरबैजानमा भएकाे सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन्।

विश्व प्रेस काउन्सिलको अध्यक्ष प्रो.डा.सुले अकर(साइप्रस),उपाध्यक्ष अफ्लातुन अमासोभ (अजरबैजानका सँसद सदस्य),महासचिव किशोर श्रेष्ठ (नेपाल),कोषाध्यक्ष-डक्टर तामेर अताबारुत(टर्की) रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*