चुरियामाई नजिक ट्रक र ट्रेक्टर ठाेकिँदा ढुंगेलकाे ज्यान गयाे

हेटौडा । हेटौँडा र बारा जिल्लाकाे सिमानमा रहेकाे चुरियामाई मन्दिर नजिक ट्रक र ट्रेक्टर ठाेकिँदा एक जनाकाे ज्यान गएकाे छ ।
जितपुर सिमरा उपमहानगरपालिकाकाे सडक खण्डमा दुर्घटना हुदाँ धादिङ जिल्लाका अर्जुन ढुंगेलकाे ज्यान गएकाे हाे ।
ना ४ ख ९०५२काे जेसिभी लाेड गरेर अमलेखगन्जतर्फ जाँदै गरेकाे ट्रक र ८४९३ नम्बरकाे ट्रेक्टर ठाेकिदा ट्रेक्टरमा सवार अन्दाजी ३० वर्षका मजदुर ढुंगेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रवक्ता भट्टराई बताए ।