नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्किंदै

काठमाडौं । भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज स्वदेश फर्किंदैछ ।
१३ औं दक्षिण एसियाली खेलकुद(साग)अघि बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेको खेलाडी टोली उच्च मनोबलका साथ स्वदेश फर्किन लागेको हो । टोली अपराह्न ४ बजे काठमाडौं आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।
च्याम्पियनसिपमा नेपाल अपराजित रहँदै स्वर्ण जित्न सफल भएको हो । फाइनल खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उपाधि जितेको नेपालले लिग चरणमा पनि माल्दिभ्सलाई पराजित गरेको थियो हो । यस्तै उपाधि दाबेदार मानिएको अफगानिस्तान, किर्गिस्तान, र बंगलादेशलाई सोझो सेटमा नै हराएको थियो ।
बंगलादेश जानुअघि नेपालले थाइल्यान्डमा मैत्रीपूर्ण खेलसँगै अभ्यास गरेको थियो । त्यसबेला भएका कमकमजोरी सच्याउँदै उपाधि जितेको नेपालले अब घरेलु कोर्टमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० खेल्नेछ । सागमा कास्य पदक मात्र जित्न सकेको नेपाल अब स्वर्ण जित्ने लक्ष्यमा छ ।