अपराध गतिविधि नियन्त्रण हुन्छ – डिआइजी पौडेल

हेटौंडा ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटाैँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) अरुण पौडेलले प्रदेशभर शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भर्खरै बागमती प्रदेश प्रहरी प्रमुख जिम्मेवारी सम्हालेका डिआइजी पाैडेेलले प्रदेशका १० जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनै पनि आवरणमा हुने अपराधमाथि प्रहरीले कारवाही गर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै आफ्नो कार्यकाल अपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा रहने बताएका छन् ।‘मैले १० जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएको छु ‘शान्ति सुरक्षामा कुनै कम्परमाईज हुन्न’–उनले भने । उनले पत्रकारको सुरक्षालाई...