काठमाडौं आए अमेरिकाले डिपाेर्ट गरेका ३७ नेपाली
काठमाडौं । अमेरिकाको निष्कासनमा परेका ३७ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ काठमाडौं आइपुगेका छन् । जसमा ३२ पुरुष र ५ महिला छन् । उनीहरुलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन ४८६ एएक्सबाट नेपाल पठाएको हो । यो विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । अमेरिकी अधिकारीहरूसहितको उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत सम्बन्धित देशको जिम्मा लगाएर काठमाडौं आएको हो । दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै...