आजदेखि हेटौंडामा राष्ट्रिय जुडो प्रतियोगिता हुने

निरन्तर न्यूज
४ माघ २०८२, शनिबार ०८:५२

हेटौंडा । नेपाल जुडो महासंघको आयोजनामा राष्ट्रियस्तरको जुडो प्रतियोगिता (शनिबार) आजबाट हेटौंडामा सुरु हुने भएको छ । माघ ५ गतेसम्म हुने प्रतियोगितामा देशभरका सातै प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरीर सशस्त्र प्रहरी बल, नेपाल (APF) गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।

जसमा, पुरुष खेलाडी ७८ जना र महिला खेलाडी ६३ जना गरी विभिन्न तौल समुहका जम्मा १४१ जना खेलाडी सहभागी हुनेछन्। आयोजक संस्थाका अनुसा रप्रतियोगितामा १४ संवरण, २८ कास्य र ५६ रजत गरि जम्मा ९८ पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न हरेक टिमबाट प्रशिक्षक, निर्णायक (रेफ्री) र टिम व्यवस्थापक अनिवार्य गरिएको छ। महासंघले यस प्रतियोगिताले नेपाली जुडो खेलको स्तर अभिवृद्धि गर्न, नयाँ प्रतिभाको पहिचान गर्न तथा आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

नेपाल जुडो महासंघका महासचिव प्रकाश चन्द्र पाण्डेले प्रतियोगिता सफल बनाउन सबै सरोकारवाला निकाय तथा खेलप्रेमीको सहयोग अपेक्षा गरिएको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*