हेटाैँडामा लागूऔषधसहित ३ जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जना युवालाई पक्राउ गरेको छ । शुक्रबार बिहान साढे १० बजेको सममया हेटौँडा–१० स्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले हेटौँडा–७ का २० वर्षीय सुकलाल स्याङ्तान, १८ वर्षीय विशाल गोले र पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–२१ का २२ वर्षीय सुरेश पाण्डेलाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधसहित ३ जना युवा पक्राउ परेको विवरण प्रहरीले आइतबार सार्वजनिक गरेको हो । प्रहरीले उनीहरु बसेको होटलको कोठाबाट लागूऔषध नाइट्राभेट ८४ ट्याबलेट, ट्रामान १० क्याप्सुल, नोफिन ३ एम्पुल, फेनार्गन ३ एम्पुल र डाइजेपाम ३ एम्पुल बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी...