एकीकृत समाजवादीकाे माधव नेपालबारे ३ बुँदे धारणा : उहाँको छवि निष्कलंक

काठमाडौं । प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादी पार्टीले पतञ्जलिको काभ्रेपलाञ्चोकस्थित जग्गा बिक्री प्रकरणमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री हुँदा कुनै भ्रष्टाचार नगरेको निष्कर्ष निकालेको छ । अध्यक्ष नेपाल रौतहटबाट फर्किएपछि जुटेका नेताहरूबीच पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो । कानुन व्यवसायीसमेत बसेर गरेको छलफलमा समाजवादीले अध्यक्ष नेपालबाट कुनै किसिमको भ्रष्टाचार नभएको निचोड निकालेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘माधव नेपालले अहिलसम्म कहीँ कतै भ्रष्टाचार गरेको थाहा छैन । उहाँको छवि निष्कलंक छ । उहाँविरुद्ध प्रतिशोधसहित पूर्वाग्रह साँध्ने गरी मुद्दा लगाइएको छ’, उनले भने, ‘माधव नेपालले भ्रष्टाचार गरेको कसैले पत्याउँदैन...