प्रेस युनियनको लाेमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

हेटौँडा ।  नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ ले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटलाई मुख्य विषय बनाएर १९ बुँदे घोषणापत्र जारी गर्दै समापन गरेको छ। सम्मेलनले प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिँदै दक्षिण एशियाली मुलुकहरूमा डिजिटल स्पेस नियमनको नाममा भइरहेका आक्रमणको प्रतिकार आवश्यक रहेको उल्लेख गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वैशाख २७ गते काठमाडौंमा उद्घाटन गर्नुभएको सम्मेलन पोखरा हुँदै मुस्ताङको लोमान्थाङमा पुगेर मंगलबार सम्पन्न भएको हो। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सम्मेलनले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, जलवायु संकटको सामना तथा मुस्ताङ–लोमान्थाङ क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिएको जानकारी...