प्रथम बागमती प्रदेश युवा सम्मेलन समापन
हेटौंडा । हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन सकिएको छ । दुइ दिन सम्म बिबिध विषयमा भएको सम्मेलनको आज समापन गरिएको हो । हेटौंडामा जारी गरिएको ११ बुँदे घोषणापत्र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हस्तान्तरण गर्नुभयो । युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको घोषणापत्र लागू गर्न पनि उहाँले प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो । कार्यक्रमको समापनका अवसरमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने बताउनुभयो । युवाहरु निरास नहुन आग्रह गर्दै उहाँले भन्नुभयो–‘सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न...



















