निर्माणका नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण

निर्माण व्यवसायी संघ मकवानपुरको २३ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । हेटौँडामा सोमबार भएको कार्यक्रममा संघका कानुनी सल्लाहकार एवं निर्वाचन अधिकृत ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष बालगोपाल कँडेललाई सपथ ग्रहण गराउनुभएको थियो । साथै संघका नवनिर्वाचित अध्यक्ष कँडेलले कार्यसमितिका नवनिर्वाचित अन्य पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराएका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष आनन्दराम पराजुली, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विष्णुप्रसद दाहालले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकोले जित हारलाई स्वीकार गर्दै संस्थाको संस्थागत विकासमा लाग्नुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष कँडेलले...