मातातीर्थको जग्गाबारे कुनै गुनासो छैन : डा. भट्टराई
काठमाण्डाैँ । मातातीर्थस्थित नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार सो क्षेत्रको स्थलगत निरीक्षणसँगै स्थानीयसँग छलफलसमेत गरेका छन् । स्थलगत भ्रमण र स्थानीयसँग छलफल गरेपछि उनले भने, ‘सरकारले जग्गा भुमाफियालाई दिने कुत्सित मनसायले असान्दर्भिक प्रसंग जोडेर उचालेको हो ।’ एउटा चोरले आफ्नो चोरीलाई ढाकछोप गर्नका निम्ति अर्कातिर औँला ठड्याएजस्तो भएको भन्दै उनले यसमा जनता सतर्क हुनुपर्ने बताए । ‘जग्गा वास्तविक मोही र जोताहा किसानले पाए कि पाएनन् भनेर हेर्न बाँकी थियो,’ उनले भने, ‘त्यो आज हेर्न पाउँदा गर्व लागेको छ ।’ आफ्नो पालामा नीतिगत निर्णय भएर जग्गा...


















