मुख्य न्यायाधिवक्तामा थपलियाको सपथ

हेटौंडा । ३ नम्बर प्रदेश सरकारको मुख्य न्यायाधिबक्तामा नियुक्त हुनु भएका ओमप्रसाद थपलियाले आज पद तथा गोपनयिताको सपथ लिनु भएको छ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थितीमा उच्च अदालत पाटनका मुख्य न्यायाधिश कुमार चुडालले थपलियालाई प्रदेश प्रमुखको कार्यालयमा सपथ गराउनु भएको हो ।   सपथ कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश मन्त्रालयका सचिवहरु, प्रहरी नायब महानिरीक्षक शेर बहादुर...