कांग्रेस नेताहरुको टोलीसहित देउवा मंगलबार हेटौँडा आउने

हेटौँडा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार हेटौँडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने प्रशिक्षण कार्यक्रमका लागि देउवा हेटौँडा आउने भएका हुन् । देउवासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशांक कोइराला लगायतका नेताहरु समेत हेटौँडा आउने भएका छन् । हेटौँडामा दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तरगतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहने सोमबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । प्रशिक्षणमा मकवानपुर, चितवन,...