नेकपामा जिल्ला इन्चार्ज र सहइन्चार्ज मापदण्डबारे सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला ईञ्चार्ज र सहईञ्चार्ज तोक्नेबारे सहमति जुटाएको छ । लामो समयदेखि टुंगिन नसकेको जिल्ला नेतृत्व चयनको काम पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिनेगरी मापदण्ड तय गरे पनि सहमति भएको हो । पार्टीको शीर्ष तहमा लामो समयदेखि हुँदै आएका छलफलबाट पहिले जिल्ला अध्यक्ष र सचिव तोक्दा अपनाइएको मापदण्डलाई नै लागू गर्ने सहमति बनेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । नयाँ सहमतिअनुसार अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन् । यसरी भागबण्डा गर्दा अध्यक्ष र सचिवमा भएको सहमतिमा जस्तै पूर्वएमाले...