काँग्रेसकाे संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने

काठमाडौं। नेपाली काँग्रेसका संस्थापन शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने भएका छन्। निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको समूहलाई दिएको निर्णयपछि कांग्रेस संस्थापन पक्षनेताहरू अदालत जाने तयारीमा छन्। शनिबार संस्थापन पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक एवं कानूनी उपचार र राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने , “विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी गरिएको निर्णय दुषित मनशायले प्रेरित भएको हो। देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक...