युरोपियन च्याम्पियन्स लिग : रियलले इन्टर मिलानलाई हरायो, सिटीको सहज जीत

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको यस सिजनमा रियल मड्रिडले पहिलो जीत हात पारेको छ । ग्रुप ‘बी’ अन्तर्गत गएराति सम्पन्‍न खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३-२ ले हराएको हो । प्रतिस्पर्धात्मक खेलको २५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सर्जियो रामोसले अर्को गोल थपे । त्यसको दुई मिनेटमै लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफको ६८औं मिनेटमा इन्टरका एभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । तर ८०औं मिनेटमा रियलका युवा खेलाडी रोड्रिगोले गोल गरेपछि रियलको जीत सुनिश्च‍ित भएको थियो । यस जीतसँगै रियल...