बीपीकप आजबाट सुरु, उद्घाटन खेलमा बकैया र हेटौँडा– १ बिच प्रतिस्प्रधा हुने

निरन्तर न्यूज
१० पुष २०७६, बिहीबार ११:२३

हेटौंडा । मकवानपुरको हेटौँडा–४ हुप्राचौरमा बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

आज हुने उद्घाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा– १ बिच प्रतिस्प्रधा हुने भएको छ ।

पुस १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १५ वटा टोली र सात वटा गाउँपालिका सहित २२ टोलीको सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक प्रदीप कंडेलले जानकारी दिए ।

यस्तै विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु