फ्रेन्डसको पहिलो जित, थ्रिस्टार पराजित

काठमाडौं । फ्रेन्डस क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
छैटौं चरणको खेलमा थ्रिस्टारमाथि १–० को नतिजा निकाल्दै फ्रेन्डसले लिगमा पहिलो जित दर्ता गरेको हो । फ्रेन्डसको जितमा विदेशी खेलाडी वागनर डि कार्मोले निर्णायक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्डसले १३ औं मिनेटमा अग्रता लिएको थियो । डि कार्मोले फ्रिकिकमा हेड गोलगरेपछि फ्रेन्डसले अग्रता लिएको थियो । शीर्ष स्थानका लागि सङघर्षरत थ्रिस्टारले बाँकी समय आक्रामक खेले पनि गोल गर्न नसक्दा लिगमा दोस्रो हार बेहोरेको हो ।
जितसँगै फ्रेन्डसले लिगमा ५ अंक जोडेको छ । यसअघि फ्रेन्डसले ३ खेलमा हार र २ खेलमा बराबरी खेलेको थियो । पराजित थ्रिस्टारले यसअघिका ३ खेलमा जित र १ मा बराबरी र १ खेलमा हार बेहोरेको थियो । हारसँगै थ्रिस्टारको उपाधि होडमा धक्का लागेको छ ।
आज हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।श्रोत १२खरी