नवबधु अभिनेत्री आँचलले मध्यराति फेसबुकमा यस्तो लेखेपछि…

काठमाडौ । भर्खरै बिबाह गरेकी नवबधु अभिनेत्री आँचल शर्माको फेसबुक पोष्ट एकदमै चर्चामा छ । उनले हिँजो मध्यराति एउटा पोष्ट गरिन् । उक्त पोष्ट निक्कै चर्चाको शिखरमा छ । उनले बिहिबार प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरेकी हुन् । उनको बिहे पार्टी सामाजिक सञ्जाल र नेपाली मिडियामा सर्वाधिक चर्चित बन्यो ।
विशेषगरि पार्टीका लागि काठमाडौको बीचमा रहेको होटल हायतमा हेलिकप्टरमा पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । यसैगरी उनले लगाएको गहनाको मुल्यकोपनि खुबै चर्चा छ । समाजिक सञ्जाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । तर, यहीविचमा आँचलले भने सामाजिक सञ्जालमा मन छुने स्टाटस कोरेकी छिन् ।
आँचल लेख्छिन्–‘हरेक केटीले आफ्नो जीवनमा कम्तीमा एकपटक आफ्नो बिबाहको सपना बुन्छन् । यस्तै, सपना बुन्ने केटीले भर्खरै आफ्नो राजकुमार पाएकी छिन् । जसले आफ्नो सपनाको बिषयमा अन्य मानिसको धारणा भन्दा पर रहेर आफ्नो सपनामा विश्वास गर्न सिकेकी छिन् ।’
उनले, आफूहरुको ‘ड्रिम इभेन्ट’मा सहभागी हुने सबैलाई धन्यवाद समेत दिएकी छिन् । उनले, आफूहरुको सपनालाई सफल बनाउन आयोजनाको प्रयासलाई मनैदेखि स्वागत गर्ने सबै मानिसहरुका कारण नै संभव भएको समेत उल्लेख गरेकी छिन् । १ बर्ष लामो प्रेम सम्बन्धलाई आँचल र उदिपले बिहिबार बैबाहिक जीवनमा परिणत गरेका थिए ।श्रोत जनबोली