पत्रकार महासंघका पूर्व सचिव बाँनीयाकाे निधनप्रति वागमती प्रदेश र केन्द्रद्वारा शाेक व्यक्त

हेटौंडा । पत्रकार बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले अलग-अलग शोक व्यक्त गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले दुख व्यक्त गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकको सहायक सम्पादकको रुपमा कार्यरत बानियाँ साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएको थियो । उहाँकोे शव मकवानपुरको भीमफेदी गाउँपालिका ८ नम्बर वडा सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजनाको हेड बक्स बकेटमा मंगलबार बिहान भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
विगत तीन दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील बानियाँले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।
महासंघ प्रदेश र केन्द्रले ‘बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेकाे छ ।