मकवानपुरमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

निरन्तर न्यूज
२५ बैशाख २०७८, शनिबार ११:५८

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ को बेलटारमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

शनिवार विहान करीव १२ बजेर ३० मिनेटको समयमा राक्सिराङको बेलटारबाट हेटौंडा तर्फ आउदै गरेको बा १५ च ३९२० नम्वरका आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बोलेरो दुर्घटनामा बोलेरोमा सवार वर्ष १७ को दिनेश स्याङतानको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइते मध्य १ जना अवस्था सामान्य र अन्य को अवस्था मध्यम रहेको रिमालले बताए । घाइतेहरुमा बोलेरो चालक वर्ष २५ का दिपेन्द्र लो,वर्ष १८ की मन्जु लो,वर्ष १६ को अमृत दोङ,वर्ष २३ की आकृति मोक्तान र वर्ष १७ को दोर्जे गोम्वा रहेका छन् । उनीहरुको हेटौंडा स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको रिमालले जानकारी दिए ।

दुर्घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*