एमबाप्पेलाई अभिभावकत्व प्रदान गर्न फ्रान्सेली राष्ट्रपति मैदानमै गएर अंगालाे हाले

निरन्तर न्यूज
४ पुष २०७९, सोमबार ११:१०

काठमाडौं । गएराति कतारको लुसेल रंगशालामा भएको विश्वकप फुटबलको फाइनलमा ८० मिनेटसम्म अर्जेन्टिनाले २–० को अग्रता कायम गरिरहेको थियो । समर्थकलाई लागिरहेको थियो, अर्जेन्टिनले खेल सहजै जित्ने भयो ।

तर ८० मिनेटको एकतर्फी खेलमा फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले दुई मिनेटमै दुई गोल गर्दै खेललाई रोमाञ्चक मात्र बनाएनन्, खेल जित्ने आशा पनि जगाए । पहिलो गोल ८० औं मिनेटमा पेनाल्टीमा र दोस्रो गोल ८१ औं मिनेटमा भएको थियो ।

निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा मेस्सीले टीमका लागि तेस्रो गोल गरे । यसपछि एम्बाप्पेले ११८औं मिनेटमा तेस्रो गोल गरेर फेरी अर्जेन्टिनासँग बराबरी गरे । अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । खेलमा एम्बाप्पेले ह्याट्रिक पनि गरे । तर फ्रान्सलाई विश्व च्याम्पियन बनाउन सकेन ।

साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो । उपाधि जित्न नसकेपछि एम्बाप्पे मैदानमा निरास भएर ढलेका थिए । खेल हेर्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन रंगशाला पुगेका थिए । एम्बाप्पेलाई साहस र सान्त्वना दिन फ्रान्सेली राष्ट्रपति म्याक्रोन मैदानमा आए र एमबाप्पेको पिठ्युँमा थप्पड हाने तर एमबाप्पे शान्त रहेनन् ।

यसपछि म्याक्रोनले उनलाई अँगालो हालेर टाउकोमा हातले मुसार्दै सान्त्वना दिएका थिए । एमबाप्पे निराश भएर उभिए । आफ्ना खेलाडिलाई मैदानमै गएर सान्त्वना दिएका राष्ट्रपति म्याक्रोन यति बेला समाजिक सञ्जालमा चर्चा र प्रसंसाको पात्र भएका छन् । एम्बाप्पेलाई सान्त्वना दिइरहेको म्याक्रोनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मानिसहरूले फ्रान्स र एमबाप्पेको प्रदर्शनको तारिफ गरिरहेका छन्। म्याक्रोन मैदानमा आउनुअघि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले एमबाप्पेको हात समातेर सान्त्वना दिइरहेका थिए।

यस विश्वकपमा ८ गोल गरेका एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट अवार्ड पाए । एम्बाप्पे अवार्ड लिन स्टेजमा पुग्दा निकै शान्त भएर विश्व च्याम्पियनको ट्रफी हेरे र अगाडि बढेका थिए ।

कतिपयले यसलाई नेपाली राजनीतिज्ञसँग तुलना गरेका छन् । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले म्याक्रोनबाट नेपाली राजनीतिज्ञ र खेलाडिले केही सिक्नु पर्ने उल्लेख गरेका छन् ।

?????????????????????????????????????????????????????????

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु