ललितपुरको कागज गोदाममा आगलागी

निरन्तर न्यूज
१० माघ २०७९, मंगलवार ०७:४३

ललितपुर । ललितपुर स्थित एक कागज गोदाममा साेमबार राति आगलागी भएको छ। गाेदाममा राति १० बजेतिर आगलागी भएकाे हाे।

ललितपुर महानगरपालिका-२ सुन्दरीघाटस्थित कागजको गोदाममा आगलागी के कारणबाट भयाे भन्नेबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

आगाे नियन्त्रणकाे लागि चार वटा दमकल, प्रहरी लगायतकाे टाेली खटिएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु