गोरखा दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु

निरन्तर न्यूज
२९ फाल्गुन २०७९, सोमबार १८:४०

गोरखा । गोरखा नगरपालिका–६ बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनालगतै घाइतेलाई गोरखा अस्पताल पुर्‍याइएकामा उपचारको क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । दुर्घटनाका सख्त घाइते तीन जनालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल मेडिकल कलेज रिफर गरिएको छ भने चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएको छ ।

बसपार्कबाट आँबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*